‘सरकारीमा नपाइने भ्याक्सिन निजी अस्पतालमा कसरी पाइयो?’
एजेन्सी। कोरोनाको दोस्रो लहरबाट सर्वाधिक प्रभावित भारतका सरकारी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन लामो समय प्रतीक्षा गर्नुपर्छ। तर निजीमा भने तत्कालै पाइन्छ। यसबाट बिरामीहरु दिक्दार भएका छन्। निजी अस्पतालमा भ्याक्सिनको मूल्य उच्च राखिदिनाले उनीहरुमा चिन्ता झनै बढेको छ। अस्पतालैपिच्छे भ्याक्सिनको मूल्य फरकफरक राखिनाले बिरामी मर्कामा परेका छन्। सरकारले भ्याक्सिनको मूल्य२५० देखि हजार रुपैयाँसम्म राखेको छ, तर अस्पतालले दुईहजारसम्म लिने गरेका छ।
प्रतिक्रिया दिनुहोस्