सिरमले जुलाईदेखि मासिक १० करोड डोज भ्याक्सिन बनाउने
एजेन्सी। भारतीय भ्याक्सिन कम्पनी सिरमले आगामी जुलाईदेखि ९ देखि १० करोड डोज बनाउने दाबी गरेको छ। सिरमले यसबारे सरकारलाई पत्र लेखेर जानकारी दिएको छ। "हामीलाई खुसी लागेको छ कि, जुलाई महिनादेखि हामी मासिक ९ देखि १० करोड डोज बनाउन सक्ने छौं। महामारीका कारण देशमा उत्पन्न चुनौतिलाई दृष्टिगत गर्दै हाम्रा कर्मचारी भ्याक्सिन उत्पादनमा २४ घण्टा खटिइरहेका छन्," पत्रमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्