बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै काभ्रेपलाञ्चोक। बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ। नगरक्षेत्रमा सङ्क्रमित घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी राखिएको छ। सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि१० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्