हुम्लामा कोरोना सङ्क्रमितलाई औषधि अभाव
सिमकोट। कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ। अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो। कोरोना सङ्क्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट बाह्र सयमा किनेर काम चलाएको कोरोना संक्रमण पुष्टि भएका एक बिरामीका आफन्तले बताए।
प्रतिक्रिया दिनुहोस्