लमजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु लमजुङ। जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ। जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट सङ्क्रमितहरुलाई अक्सिजन दिन सुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए। अस्पतालमा १९ कोरोना सङ्क्रमित छन्। गण्डकी प्रदेश सरकारको ६३ लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्