युभिक्यानले भारतका अस्पतालहरुमा हजार कोरोना शय्या दिने
एजेन्सी। पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी युवराज सिंहको फाउन्डेसन युभिक्यानले भारतमा कोरोना बिरामीको रेखदेखका लागि हजार शय्या व्यवस्था गर्ने भएको छ। वनडिजिटल इन्टरटेनमेन्टसँगको साझेदारीमा यो अभियान सुरु गरेको युभिक्यानले बताएको छ। अक्सिजन, भेन्टिलेटर, बाईपीएपी मेसिन तथा कोरोनाका विरामीको सघन उपचारका लागि आवश्यक सामग्रीसहित श्यया थप्न लागिएको फाउन्डेसनले जानकारी दिएको छ। सरकारी, सेना तथा निजी अस्पतालमा त्यस्ता शय्या राखिने छ।
प्रतिक्रिया दिनुहोस्