कोरोनाका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालहरुले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी उपचार शूल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्