विदेशी भ्याक्सिन भारत ल्याउन अब छुट्टै परीक्षण गर्नु नपर्ने एजेन्सी। भारतीय औषधि नियामक संस्था डीजीसीआईले विदेशी भ्याक्सिन भारत आयात गर्दा छुट्टै ट्रायल गर्नु नपर्ने नियम बनाएको छ। विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएका सबैखाले भ्याक्सिन अब सिधै भारत आयात गर्ने बाटो खुलेको छ। भारत सरकारले जतिसक्यो छिटो आफ्ना नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने उद्देश्यले यो नीति बनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्