उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाइने काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाका तीनैजना सिडिओहरुको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले देखापढीलाई बताए। किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ। पाठयपुस्तकका पसलहरु पनि बिहान ९ बजेसम्म खोल्न पाउनेछन् भने विकास निर्माणका काम पनि खुला गरिएको सिडिओ भट्टराईले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्