चीनको सहयोगमा पाकिस्तानले बनायो कोरोनाविरुद्धको खोप
बीबीसी। पाकिस्तानले चीन सरकारको सहयोगमा कोरोनाभाइरसविरुद्धको खोप तयार पारेको छ। पाकभ्याक नामको उक्त खोपलाई मंगलबार सार्वजनिक गरिएको हो। पाकिस्तानका केन्द्रीय योजनामन्त्री असद उमरले पाकभ्याक कुनै क्रान्तिभन्दा कम नभएको बताएका छन्। उनले पश्चिमी राष्ट्रमा बनेको खोपभन्दा चीनमा बनेको खोपलाई पाकिस्तानी जनताले मन पराएकोसमेत बताए। खोप केन्द्रमा चिनियाँ खोप नभए उनीहरु पश्चिम राष्ट्रमा बनेको खोप नलगाई फर्कने गरेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्