भारतमा यस वर्षको अन्तसम्म सबैलाई कोरोना खोप लगाइने
बीबीसी। भारतमा सन् २०२१ को अन्तसम्म सबैलाई कोरोनाविरुद्ध खोप लगाउने योजना तयार पारिएको छ। विभिन्न फर्मा कम्पनीसँग छलफलपछि यस्तो योजना तयार पारेको केन्द्रीय गृह राज्यमन्त्री जी. किशन रेड्डीले बताए। यसका लागि २ अर्ब ५० करोड डोज खोप चाहिने उनले जनाए। भारतले रुसको स्पुतनिक भी खोप लगाउन सुरु गरिसकेको छ भने फाइजर र जोन्सन एण्ड जोन्सनको खोप पनि ल्याउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्