स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५११ जनालाई ९५ हजार जरिवाना
काठमाडौं। बितेको २४ घण्टामा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड उल्लंघन गर्ने ५११ जनालाई प्रहरीले कारवाही गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरूलाई कारवाही गरिएको प्रहरीले जनाएको छ। कारवाहीस्वरूप उनीहरूलाई ९५,१०० रूपैयाँ जरिवान गरिएको छ। सोही क्रममा अनावश्यक हिँडडुल गर्ने ४,३८९ जनालाई रोकी सम्झाईबुझाई छाडिएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्