धुलिखेल नगरपालिकाले मृतक परिवारलाई किरिया खर्च दिने काठमाडौं। धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार दिने भएको छ। कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए। कोरोना संक्रमितको अवस्था बुझ्दै परीक्षणको दायरामा ल्याउने र स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ। धुलिखेलमा ३११ सक्रिय संक्रमित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्