बायोलोजिकल–ई कम्पनीसँग ३० करोड डोज भ्याक्सिन किन्दै भारत एजेन्सी। भारत सरकारले बायोलोजिकल–ई कम्पनीसँग ३० करोड डोज भ्याक्सिन किन्न रकम भुक्तानी गरेको छ। सरकारले कम्पनीलाई अहिले ३० करोड भारु तिरेको हो। दुई डोज लगाउनुपर्ने यो भ्याक्सिन अगस्टदेखि डिसेम्बरसम्ममा तयार हुने बताइएको छ। भ्याक्सिनले तेस्रो चरणको परीक्षण पनि अप्रिलमा सफलतापूर्वक पार गरेको कम्पनीको भनाइ छ। यो सस्तो भ्याक्सिनको सरकारले तिर्ने मूल्य प्रतिडोज ५० रुपैयाँ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्