चार गन्तव्यबाट नेपाल आउने व्यक्तिलाई ७८ वटा होटलमा क्‍वारेन्टिन काठमाडौं। भारतलगायत तीन गन्तव्यबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्‍वारेन्टिन तोकिएको छ। पर्यटन विभागमा दर्ता भएका ती होटललाई क्‍वारेन्टिनस्थलका रुपमा बुधबार सूचीकरण गरिएको हो। विभागले सामन्यदेखि पाँचतारेसम्मका होटलको नाम क्‍वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो। बिहीबारदेखि भारत,कतार,टर्की र चीनसमेत चार गन्तव्यका लागि उडान खुला गरिएको छ। ती गन्तव्यबाट नेपाल आउने यात्रुका लागि सरकारले क्‍वारेन्टिन तोकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्