बंगलादेशमा रहेका नेपाली समुदायले नेपाललाई पठाए स्वास्थ्य सामाग्री
काठमाडौं। बंगलादेशमा रहेका नेपाली समुदायले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामाग्री पठाएका छन्। समुदायले ढाकास्थित नेपाली दूतावासमा ती सामाग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ। दूतावासका अनुसार उनीहरुले १० थान अक्सिजन कन्सन्ट्रेटर्स, १० थान अक्सिथेरापी सेट, ५ वटा सीपीएसी र १० थान फ्लोमिटर प्रदान गरेका छन्। ती स्वास्थ्य सामाग्री आजै काठमाडौं पठाइने ढाकास्थित नेपाली दूतावासले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्