स्वास्थ्य मन्त्रालय भन्छ– पीसीआर परीक्षण घटाएको छैनौं काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पीसीआर परीक्षण नघटेको बताएका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै डा.पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाका कारण परीक्षण केन्द्रसम्म जान नसकेका कारण परीक्षण गर्न आउने नै कम भएको हुन सक्ने बताए। सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगेको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्