कोरियाले २ करोड ३३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री पठाउँदै
काठमाडौं। दक्षिण कोरियाले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोगस्वरुप दुई लाख अमेरिकी डलर (२ करोड ३३ लाख १९ हजार रुपैयाँ) को स्वास्थ्य सामाग्री पठाउने भएको छ। कोरियाले पठाउने स्वास्थ्य सामाग्रीमध्ये १७ हजार ७ सय ६० थान आरटी–पीसीआर टेष्ट किट्स भोलि काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। आउँदो जुलाई र अगष्टमा कोरियाले ३ सय ७८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने छ।
प्रतिक्रिया दिनुहोस्