नेपालमा २ हजार अक्सिजन कन्सन्ट्रेटर ल्याउन कार्यरत छौंः डब्लुएचओ नेपाल काठमाडौं। नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यालयले कोरोना महामारीविरुद्ध लड्न नेपालमा दुई हजार थान अक्सिजन कन्सन्ट्रेटर, मास्क, पञ्जा र मेडिकल गाउनहरु ल्याउन कार्यरत रहेको बताएको छ। डब्लुएचओ नेपालले यसै साता एक लाखभन्दा बढी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) काठमाडौं आइपुग्ने जनाएको छ। ९६ शैय्याको कोभिड–१९ उपचारस्थलको विकास गर्नका लागि राष्ट्रसंघका साझेदारहरुसँग सहकार्य भइरहेको डब्लुएचओले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्