जापानद्वारा नेपाललाई १६० थान अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण
काठमाडौं। जापानले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न १६० वटा अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज ती अक्सिजन कन्सन्ट्रेटर्स नेपाली अधिकारीलाई हस्तान्तरण गरेका हुन्। ती अक्सिजन कन्सन्ट्रेटर्स ५८ अस्पताललाई दिइने राजदूत युताकाले जनाएका छन्। यी अक्सिजन कन्सन्ट्रेटर्सले सिलिण्डर बिना नै अक्सिजन उत्पादन गर्न सक्ने भएकोले आपत्कालीन अवस्थामा निकै उपयोगी हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्