उद्योग मन्त्रालयले दैनिक १५ हजार भरी अक्सिजन सिलिण्डर उपलब्ध गराउने
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर दैनिक १४ हजार ९८९ वटा भरी अक्सिजन सिलिण्डर अस्पतालहरुलाई उपलब्ध गराउँदै आइएको जनाएको छ। कोरोना महामारीका कारण देशभर अक्सिजन र सिलिण्डरको कमी भएपछि यस्तो पहल गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले निषेधाज्ञा लामो समयदेखि भएपनि अत्यावस्तुको आपूर्ति नियमित हुँदा कुनै किमिको अभाव नहुने दाबी गरेको छ। खाद्यान्न भण्डार आवश्यक मात्रामा रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्