प्रहरीको सक्रियतामा हालसम्म १०,६३० वटा सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीले गत वैशाख २६ गतेदेखि हालसम्म १०,६३० वटा सिलिन्डर सङ्कलन गरेको छ। संकलन गरिएका सिलिन्डर कोभिड अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताललाई उपलब्ध गराइएको छ। प्रहरीले स्टक गरिएका सिलिन्डर सङ्कलन गरी उपलब्ध गराएको हो।
प्रतिक्रिया दिनुहोस्