डोल्पामा ३५ बेड क्षमताको आइसोलेसन सञ्चालन डोल्पा। डोल्पा जिल्ला अस्पतालमा २० बेडको र जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा १५ बेड क्षमताको आइसोलेसन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताएका छन्। उनका अनुसार डोल्पा जिल्ला अस्पतालमा हाल १३ जना कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ। कोरोनासम्बन्धी कारणले डोल्पा जिल्लामा अहिलेसम्म चारजना सङ्क्रमितको मृत्यु भएको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्