विहार व्यवस्थापन परिषद्का पदाधिकारी नियुक्ति गर्न माग
काठमाडौं। नेपाल बौद्ध महासंघले परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका, गोन्पा/विहार व्यवस्थापन परिषद् नेपालमा रिक्त अध्यक्ष, सदस्य-सचिव र सदस्य नियुक्ति गर्न माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग आज भेटी महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले गोन्पा शिक्षक व्यवस्थापन नभएसम्म हाल अध्यापनरत शिक्षकलाई सोसरहको मान्यता दिनसमेत अनुरोध गरेका छन्। शास्त्रीय भोटभाषामा पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न पनि माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्