सेती अस्पतालमा देखियो ब्ल्याक फङ्गस
काठमाडौँ। कोरोनाभाइरसको महामारी भइरहेको बेलामा ब्ल्याक फङ्गस नामको भाइरसको नयाँ भेरिएन्ट भेटिएको छ। हिजो बिहान करीब सात बजे सेती प्रादेशिक अस्पतालमा कैलालीका ६५ वर्षीय पुरुष ब्ल्याक फङ्गस नामको भाइरसको कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन्। श्रेष्ठका अनुसार मृतकको कोरोना परीक्षण नेगेटिभ थियो र उनी मृगौलाका बिरामी थिए।
प्रतिक्रिया दिनुहोस्