ललितपुर महानगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई एक लाख दिने
काठमाडौं। ललितपुर महानगरपलिकाले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई ५० हजार र भर्ना भइ कोरोना जितेकालाई २५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ। यो रकम पाउनको लागि वडाको सिफारिस,उपचारको रिपोर्टसँगै अन्य आवश्यक कागजपत्र संलग्न गर्नु पर्ने छ।
प्रतिक्रिया दिनुहोस्