ललितपुर महानगरपालिकाले कोरोना संक्रमित र मृतकका परिवारलाई कति रकम बाँड्दै छ? काठमाडौं। ललितपुर महानगरपालिकाले हालसम्म कोरोनाबाट मृत्यु भएका र संक्रमितलाई करिब डेढ करोड रुपैयाँ वितरण गर्ने भएको छ। महानगरले आजको निर्णयअनुसार हालसम्म मृत्यु् भएका ९६ जनालाई ९६ लाख र अस्पताल भर्ना भएका १४७ जनालाई ३६ लाख ७५ हजार रूपैयाँ दिनुपर्नेछ। महानगरले मृतकका परिवारलाई एक लाख,आइसीयू र भेन्टिलेटरमा उपचारतलाई ५० हजार र अस्पतालमा भर्ना भएकालाई २५ हजार दिने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्