अमेरिकाले नेपाललाई कोरोना खोप दिने घोषणा गरेपछि स्वास्थ्य मन्त्रालयले दियो धन्यवाद
काठमाडौं। अमेरिकाले नेपाललाई कोरोना खोप दिने घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सहयोगको लागि धन्यावाद दिएको छ। अमेरिकी राष्ट्रपाति जो बाइडेनले बिहीबार नेपाल लगायत १६ एसियाली राष्ट्रलाई ७० लाख कोरोना खोप उपलब्ध गराउने घोषणा गरेका थिए। केही दिनअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपतिलाई पत्र लेखि खोप उपलब्ध गराइदिन अनुरोध गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्