स्वास्थ्य मन्त्रालयले भन्यो– २० प्रतिशत बेड बालबालिकाको लागि राख्नू
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो तथा चौथो लहर आउनसक्ने भएकाले बालबालिकाको लागि २० प्रतिशत बेड तयारी अवस्थामा राख्न भनेको छ। सरकारी, निजी, सामुदायिक अस्पताल र संस्थालाई पत्र लेखेर यस्तो निर्देशन गरेको हो। कोरोनाको पहिलो र दोस्रो लहरले प्रौढ र युवालाई बढी प्रभावित गर्दा तयारी प्रौढ र युवालक्षित मात्र भएकाले बालबालिकाको लागि समेत तयारी गर्न भनेको हो।
प्रतिक्रिया दिनुहोस्