दक्षिण कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं। दक्षिण कोरियाले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न १७ हजार ७६० आरटी-पीसीआर टेस्ट किट हस्तान्तरण गरेको छ। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क छोङ सुकले आज ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। दक्षिण कोरियाले आउँदो महिना नेपाललाई ३७८ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्