अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज खोप उपलब्ध गराउने काठमाडौं। अमेरिकाले नेपाललगायत १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। ह्वाइटहाउसले हिजो एक विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेको हो। ह्वाइटहाउसले नेपाल,भारत,बंगलादेश,पाकिस्तान,श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्युगिनीलगायत १६ देशलाई खोप दिने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्