अमेरिकाले कोरोना खोप बनाउन आवश्यक कच्चापदार्थमाथिको रोक हटायो
एजेन्सी।अमेरिकाले कोरोना खोप बनाउन आवश्यक पर्ने कच्चापदार्थको भारतमा हुने निर्यातमा लगाएको रोक हटाएको छ।अमेरिकाले जुनपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने घोषणासँगै भारतमाथि लगाएको कच्चा पदार्थ निर्यात रोक पनि हटाएको हो।अमेरिकाबाट कच्चा पदार्थ आएसँगै भारतमा खोप उत्पादनमा उल्लेख्य वृद्धि हुने जनाइएको छ।अमेरिकाले नेपाल,भारत लगायत एसियाका १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्