भ्याक्सिन वितरणमा भेदभाव नगरौं : डब्ल्यूएचओ
एजेन्सी। यसै साता जी७का स्वास्थ्यमन्त्रीहरु अक्सफोर्डमा भेटघाट गर्दैछन्। यसै अवसरलाई दृष्टिगत गर्दै शुक्रबार संयुक्त राष्ट्र संघले जी७ देशहरुसँग गरिब मुलुकलाई भ्याक्सिन र अन्य औषधि उपलब्ध गराउन अपिल गरेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले पनि निरन्तर खबरदारी गर्दै आएको छ। कोरोनाविरुद्धको भ्याक्सिन वितरणमा धनी र गरिब मुलुकबीच निकै ठूलो खाडल बनेको छ। कतिपय गरिब देशमा अहिलेसम्म भ्याक्सिनेसन सुरु नै भएको छैन्।
प्रतिक्रिया दिनुहोस्