सिनोभ्याकको कोरोना भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग अनुमति काठमाडौं। नेपाल सरकारले कोभिड–१९ विरुद्ध थप एक चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड–१९ भ्याक्सिन(भेरोसेल कोरोनाभ्याक)लाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय गरेको हो। यसअघि चीनको सिनोफार्मले विकास गरेको भेरोसेललाई पनि आपतकालीन अनुमति प्रदान गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्