कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर कास्की। कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। काठमाडौँको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो। जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकालाई शुक्रबार पाँच÷पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजरलगायतका सामग्री हस्तान्तरण गरिएको हो।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्