काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गर्दै
काठमाडौ। काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य विभागबीच भएको बैठकले हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको महानगरपालिकाले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्