बाँकी पत्रकारलाई चाँडै खोपको व्यवस्था गरिने काठमाडौं। नेपाल पत्रकार महासङ्घले कोभिडको खोप लगाउन बाँकी तीन हजार पत्रकारका लागि तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ। महासङ्घको टोलीले आज नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यान दिन आग्रह गर्‍यो। सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्