जेठ ३१ सम्म थपियो स्याङ्जामा निषेधाज्ञा स्याङ्जा। जिल्लामा निषेधाज्ञाको समय थपेर जेठ ३१ गते राति १२ बजेसम्मका लागि कायम गरिएको छ। आज रातिसम्मको लागि जारी यसअघि तोकिएको निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको आजको बैठकले एक हप्ता लम्बाएको हो। जिल्लामा कोभिडको सङ्क्रमणदर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुनेगरी निषेधाज्ञा लम्ब्याईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्