भक्तपुरमा ४८ हजारले लगाए कोरोनाविरुद्धको खोप भक्तपुर। यहाँका ४८ हजार २५७ जनाले कोरोना विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो मात्रा लगाएका छन्। जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रमअन्तर्गत सो संख्यामा खोप लगाइएको हो। स्वास्थ्य कार्यालयका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२, मध्यपुरथिमिमा ११ हजार ३१९, भक्तपुरमा १६ हजार ३४७ र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्