३५ किलोको ट्युमरको सफल शल्यक्रिया भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो(ट्युमर) निकालिएको छ। विगत एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो। सो ट्युमरको दुई घण्टा लगाएर शल्यक्रिया गरिएको जनाइएको छ। यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आएपनि पहिलोपटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको अस्पतालको दाबी छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्