बाँकेमा अस्पतालका शय्या हुन थाले खाली
बाँके। पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरोना सङ्क्रमितको संख्यामा कमी आउन थालेको छ। यससँगै अस्पतालमा बिरामीका चापमा पनि कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन्। भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ शय्या खाली रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्