बङ्गलादेशमा लगाइएको देशव्यापी लकडाउनको समयावधि पुनः थप
काठमाडौं। कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएकाले बङ्लादेशमा लगाइएको लकडाउनको समयावधि पुनः थप गरिएको छ। देशव्यापी लकडाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका हुन। लकडाउनलाई अझै कडा बनाउँदै लगिने पनि उनीहरुले बताएका छन। यसअघि लागू गरिएको लकडाउन आजबाट सकिने भएकाले मंगलबारदेखि पुनः लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो। रासस
प्रतिक्रिया दिनुहोस्