एनआरएनएले आज ४८३ कन्सन्ट्रेटर हस्तान्तरण गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आज ४ सय ८३ कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ। अनलाइनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई आज साँझ कन्सन्ट्रेटर हस्तान्तरण गर्ने कार्यक्रम राखिएको एनआरएनएले जनाएको छ। एनआरएनले विभिन्न राष्ट्रिय समन्वय परिषद्को सहयोगमा ती कन्सन्ट्रेटर जम्मा गरेको हो। यसअघि एनआरएनए र खाडी राष्ट्रमा रहेका नेपाली समुदायले ओमानबाट ५६० अक्सिजन सिलिण्डर पठाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्