भेरोसेल खोपको पहिलो मात्रा भोलिदेखि काठमाडौं। भोलिदेखि ६० देखि ६४ उमेर समूहले कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउन पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले खोप लगाउने मिति सार्वजनिक गरेको हो। जेठ २५ गते ६४ वर्ष, २६ गते ६३ वर्ष, २७ गते ६२ वर्ष, २८ गते ६१ वर्ष, २९ गते ६० वर्षका व्यक्तिले खोप लगाउन पाउनेछन्। खोप लगाउन जाँदा उमेर खुल्ने फोटोसहितको सरकारी कागजात लिएर जानुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्