भ्याक्सिनेसनको गतिमा निर्भर सेयरबजार
एजेन्सी। भारतीय सेयरबजार आगामी दिनमा कोरोना संक्रमणको अवस्था र भ्याक्सिनेसनको गतिमा निर्भर रहने देखिन्छ। भारतको घरेलु मोर्चामा कुनै प्रभावकारी घटना नभएका कारण पनि अब महामारीको गतिमा यो बजार निर्भर रहेको हो। विश्लेषकहरुका अनुसार भ्याक्सिनेसनका साथै कच्चा तेलको मूल्य, भारुको उतारचढाव तथा विदेशी लगानीकर्ताको मनोविज्ञानले पनि सेयरबजार प्रभावित हुने गर्छ। कतिपय अवस्थामा अन्य मुलुकको सेयरबजारले पनि भारतमा प्रभाव पार्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस्