चीनमा ३ देखि १७ वर्ष उमेरकालाई भ्याक्सिन स्वीकृत
एजेन्सी। चीन सरकारले ३ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई भ्याक्सिन लगाउन स्वीकृति दिएको छ। उक्त उमेर समूहका व्यक्तिलाई चीनमै निर्मित सिनोभ्याक भ्याक्सिन लगाइने सिनोभ्याकका अध्यक्ष यिन वेइदोङले बताएका छन्। विश्व स्वास्थ्य संगठनले स्वीकृति दिइसकेको सिनोभ्याक ३ देखि १७ वर्ष उमेरका व्यक्तिलाई परीक्षण गर्दा सुरक्षित र प्रभावकारी पाइएको थियो। चीनले भ्याक्सिन निर्माणका साथै निर्यातसमेत गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्