चीनमा तीन वर्षमाथिका बालबालिकाले पनि खोप लगाउन पाउने काठमाडौं।तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन चीनले अनुमति दिएको छ।चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन चीनको स्वास्थ्य विभागले अनुमति दिएको हो। यसरी तीन वर्षमाथिका उमेर समूहलाई खोप दिने चीन पहिलो देश बनेको छ।यो खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। चीनले छिट्टै बालबालिकालाई खोप दिन सुरु गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्