प्रदेशले दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई एम्बुलेन्स सेवा दिने बुटवल। लुम्बिनी प्रदेश सरकारले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई एम्बुलेन्स सेवा दिने भएको छ। यो सेवालाई आगामी आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम सरकारले समावेश गरेको हो। यस्तै जोखिममा परेका गर्भवती महिलाहरुलाई अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिएको छ। प्रदेशमा सुविधा सम्पन्न अस्पताल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्