स्वास्थ्य मन्त्रालयले भन्यो – अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउँ काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन अनुरोध गरेको हो। अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको मन्त्रालयले जनाएको छ। खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्