कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप कर्णाली। कर्णाली प्रदेशमा कोभिड—१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ। चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो। सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ। सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्